होटल पौवाको १० औँ वार्षिकोत्सव: ‘मिसन १००’ को लक्ष्य

देशभर तीन दिन ‘स्वाद उत्सव’ आयोजना गर्ने

पाेखरा | चैत २४, २०८२

होटल पौवाको १० औँ वार्षिकोत्सव: ‘मिसन १००’ को लक्ष्य

पोखरा ।    स्वदेशी लगानी र नेपाली आतिथ्यतालाई प्राथमिकता दिँदै आएको होटल पौवा ग्रुपले आफ्नो स्थापनाको १० औँ वर्ष पूरा गरेको छ । 

 

१० वर्षअघि रुपन्देहीको सालझण्डीबाट सेवा सुरु गरेको यस ग्रुपले वार्षिकोत्सवको अवसरमा देशभरका आफ्ना शाखाहरूमा तीन दिने ‘स्वाद उत्सव’ आयोजना गर्ने भएको हो ।

 

नेपाली स्वाद र संस्कारलाई विश्वस्तरमा चिनाउने लक्ष्य राखेको होटल पौवा अहिले देशका २० विभिन्न स्थानमा विस्तार भइसकेको छ । 

 

ग्रुपले आफ्नो १०औँ गौरवमय यात्रा पूरा गरेको अवसरमा यही चैत २६, २७ र २८ गते विशेष ‘स्वाद उत्सव’ सञ्चालन गर्दैछ ।

 

सो उत्सवमा ग्राहकहरूले नेपाली रैथाने स्वादका साथै विशेष अतिथि सत्कारको अनुभव लिन पाउने होटलका ब्रान्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी  दिए । 

 

उनका अनुसार नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा अधिकांश शाखामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिसहित ‘शुभकामना साँझ’ आयोजना गर्ने ग्रुपको तयारी छ ।

 

होटल पौवा ग्रुपले आफ्नो १० औँ वार्षिकोत्सवको अवसरमा महत्वकांक्षी ‘मिसन १००’ कोसमेत घोषणा गरेको छ ।

 

७ वटा कोठाबाट सुरु भएको होटल पौवाको यात्रा १० वर्षमा आइपुग्दा २० वटा शाखा र १ हजार भन्दा बढी कर्मचारीसम्म विस्तार भएको छ । 

 

‘मिसन १००’ लक्ष्य केवल संख्यात्मक मात्र नभई व्यवस्थापन क्षमता, ब्रान्ड विश्वसनीयता र नेपाली हस्पिटालिटीलाई अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउने योजना रहेको भण्डारीले बताए ।

 

२५० भन्दा बढी लगानीकर्ताहरूको सहभागिता रहेको यस ग्रुपले चैत २८ गते भैरहवामा लगानीकर्ता सम्मेलन गरी भावी रणनीतिक योजना तय गर्ने जनाएको छ ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्